सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
४३ पटक हेरिएको
Shares
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

सारांश

  • पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
  • बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।
  • पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे ।

 

२ पुस,  काठमाडौं ।

पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने जस्तो छ । आजको राजनीतिमा पनि को कौरवको पक्षमा र को पाण्डवको पक्षमा भन्ने अवस्था आएको छ ।’

पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताए । ‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने । उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै भने, ‘सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ ।’ न्यूज २४ टेलिभिजनमा आठ वर्ष लामो कार्यकाल पूरा गरेका खत्रीले हालै उक्त टेलिभिजनसँगको यात्रा टुंग्याउँदै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने
मुख्यसचिव र सचिवहरूलाई सवारी खरिद गर्न ६० लाखसम्म ऋण दिने
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी