‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३७ पटक हेरिएको
Shares
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

सारांश

  • पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
  • बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।
  • पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे ।

२ पुस,  काठमाडौं ।

पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने जस्तो छ । आजको राजनीतिमा पनि को कौरवको पक्षमा र को पाण्डवको पक्षमा भन्ने अवस्था आएको छ ।’

पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताए । ‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने । उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै भने, ‘सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ ।’ न्यूज २४ टेलिभिजनमा आठ वर्ष लामो कार्यकाल पूरा गरेका खत्रीले हालै उक्त टेलिभिजनसँगको यात्रा टुंग्याउँदै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
शारीरिक सुगठनमा रजत विजेता ४ खेलाडीलाई महानगरले दियो १ लाख नगदसहित सम्मान
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ
कुलमान र हितेन्द्रदेवको रिट हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ
कुलमान र हितेन्द्रदेवको रिट हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा