सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
१५ पटक हेरिएको
Shares
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन

सारांश

  • सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ टिप्पणी गरेका छन् ।
  • आफूले गर्ने सरकारको आलोचना प्रधानमन्त्रीलाई असफल बनाउने उद्देश्यले नभएको प्रष्टीकरण पनि उनले दिएका छन् ।
  • अन्तर्वार्तामा महामन्त्री थापाले प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा बिँड तात्ने, ताप्के नतात्ने गरेको भनेर टिप्पणी गरेका छन् ।

२१ वैशाख, काठमाडौं ।

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ टिप्पणी गरेका छन् । आफूले गर्ने सरकारको आलोचना प्रधानमन्त्रीलाई असफल बनाउने उद्देश्यले नभएको प्रष्टीकरण पनि उनले दिएका छन् । अन्तर्वार्तामा महामन्त्री थापाले प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा बिँड तात्ने, ताप्के नतात्ने गरेको भनेर टिप्पणी गरेका छन् ।

आफूहरुलाई बिँड र प्रधानमन्त्रीलाई ताप्केको संज्ञा दिँदै उनले भनेका छन्, ‘हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरोस् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीहरूमा छटपटी भइरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन ।’ उनले प्रधानमन्त्रीले आफूसँग वर्षौंसम्म समय उपलब्ध छ भनेजस्तो ठानेको पनि बताएका छन् । ‘जे मन लाग्छ बोलेको छ, कता हिँडेको हो थाहा छैन । वर्षौंसम्म समय उपलब्ध छ भनेको जस्तो ठानेको छ,’ थापाले भनेका छन् । अघिल्ला प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जस्तै अहिलेको सरकारले पनि ढिलासुस्ती गरिरहेको आरोप उनले लगाए । ‘

हिजो प्रचण्डको सरकार सफल बनाउन खोजियो तर बिँड तात्यो ताप्के तातेन के गर्ने ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘ठ्याक्कै अहिले पनि त्यस्तै भइरहेको छ ।’ उनले आफूहरूमा जस्तो छटपटाहट जिम्मेवारी बोकेकाहरुमा नभएकाले सरकारको आलोचना गर्ने गरेको प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘मैले बेलाबेलामा राख्ने प्रश्नहरू सरकार असफल बनाउँ, यसलाई न्याकौं भनेर होइन ।’ आफूले प्रश्न गर्दा कतिपयलाई असहज लागे पनि केपी शर्मा ओली नेतृत्वको सरकार सफल होस् भन्ने चाहेको उनले बताए । ‘म अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सफल होस् भन्ने चाहन्छु । र, म यो सरकारलाई सफल बनाउन मेरो ठाउँबाट हरसम्भव प्रयास गरिरहेको छु र गर्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन
बढ्यो सुन चाँदीको मुल्य, आज कतिमा हुदैछ कारोबार
बढ्यो सुन चाँदीको मुल्य, आज कतिमा हुदैछ कारोबार
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन