Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
८८ पटक हेरिएको
Shares
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

सारांश

  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
  • दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
  • आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

३ वैशाख, ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनादेखि डाक्टर यादव बेपत्ता
पाँच महिनादेखि डाक्टर यादव बेपत्ता
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
आइपिएल मेगा अक्सनका लागि ५७४ खेलाडी
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा