सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
३८ पटक हेरिएको
Shares
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

सारांश

  •   कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।
  • विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ ।
  • कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् ।

 

११ पुस, काठमाडौं ।  कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् ।

उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो । उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए । तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भएको छ । ती शिशु हाल अस्पतालमा छन् । अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार विमानको ब्ल्याक बक्स भेटिएको छ र दुर्घटनाको कारण पत्ता लगाउन तथा यात्राुहरुको सहायताका लागि एक आयोग गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता
उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु