कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
३० पटक हेरिएको
Shares
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

सारांश

  •   कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।
  • विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ ।
  • कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् ।

११ पुस, काठमाडौं ।  कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् ।

उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो । उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् । त्यहाँ एक शिशु जवितै फेला परेका थिए । उनी बेहोस अवस्थामा थिए । तर उनको कागजात नभएकाले पहिचान गर्न कठिन भएको छ । ती शिशु हाल अस्पतालमा छन् । अजरबैजानको सरकारी समाचार एजेन्सीका अनुसार विमानको ब्ल्याक बक्स भेटिएको छ र दुर्घटनाको कारण पत्ता लगाउन तथा यात्राुहरुको सहायताका लागि एक आयोग गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी
गाँजासहित नक्कल र सलमान पक्राउ
गाँजासहित नक्कल र सलमान पक्राउ
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त