कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविक रूपमा बढेको भन्दै गम्भीर चासो देखाएका छन् ।
  • शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताए ।
  • ‘ब्लाक लिस्टको ठूलो इस्यु भएको छ ।

२८ कात्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविक रूपमा बढेको भन्दै गम्भीर चासो देखाएका छन् । शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताए । ‘ब्लाक लिस्टको ठूलो इस्यु भएको छ । अहिले डेढ लाख मान्छेहरू कालोसूचीमा पर्न थाले । चेक बाउन्सलाई नै हामीले अपराधीकरण गर्दियौं,’ उनले भने । उनले थपे, ‘चेक त मेरै कति वटा बाउन्स भएको थियो विद्यार्थीकालमा । कहिलेकाँही कति रुपैयाँ छ भनेर थाहै हुँदैन ।

चेक काटिन्छ । चेक बाउन्सलाई क्रिमिनलाइज गर्न कति जरुरत हो ? अरु देशमा के छ ? जरिवाना तिरेर हुने हो कि ? हामी कति जनालाई क्रिमिनलाइज गर्ने हो ? यसमा छलफल हुन जरुरी छ ।’ उनले कालोसूचिमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो कि भनेर राष्ट्र बैंकले छलफल थालेको समेत जानकारी दिए । ‘कुन लिमिटमा कसरी हेर्ने ? यसमा रिभ्यू हुनुपर्छ भनेर हामी छलफलमै छौं । यो देशमा १० लाख अन्टरप्रेनर होला । डेढलाख मान्छेलाई कालोसूचीमा राखेपछि कर्जाको डिमान्ड नबढ्ने एउटा कारण हो कि जस्तो देखिरहेको छ ।’ गभर्नर पौडेलले यस विषयमा केही महिना अघिदेखि नै अध्ययन सुरु गरिसकेको जानकारी दिए ।  गभर्नर पौडेलले लोन लस प्रोभिजनको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले बैंकहरूलाई नै अप्ठ्यारो पार्ने खालको नीति भए त्यसको समीक्षा गरिने प्रतिबद्धता जाहेर गरे । लोन लस प्रोभिजनको इस्यू अहिले आइरहेको छ ।

यसमा अहिले हामीले धेरै छलफल गरिरहेका छौं । बैंकहरुलाई धेरै कडा गरिरहेका छौँ कि ? यता पनि च्यापेर उताबाट पनि च्यापेर हामीले अप्ठ्यारोमा बनाएका छौँ कि भनेर एकपटक रिभ्यु गरौँ भन्नेमा छौं हामी,’ उनले भने । उनले थपे, ‘अरू देशहरूमा भन्दा एकदम कडा नीतिहरू ल्याउनपर्‍यो भने त्यस पछाडि कारण पनि हेरौँ । यता पनि कडा उता पनि कडा गर्दा नहोला ।’ गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरे ।  उनले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले नयाँ उद्यमीहरू खोज्न चासो दिनुपर्ने बताए । ‘लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ,’ उनले भने । देशमा वृद्धि नभई कसैको पनि उन्नति नहुने भन्दै पौडेलले आर्थिक वृद्धिका लागि सबै लाग्नुपर्ने बताए । पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरूलाई आग्रह गरे । गभर्नर पौडेलले अरू देशमा रहेका नीतिहरूलाई समेत हेरर नेपाललाई अनुकूल हुने पोलिसीहरू ल्याउन राष्ट्र बैंक तयार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
आईआईटीएम २०२५: नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए