७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
१२ पटक हेरिएको
Shares
७ दिनपछि नेपालमा फेसबुक चल्दैन? मन्त्री भन्छन्, ‘दर्ता नगरे चल्दैन’

सारांश

  • नेपालमा अबको एक सातापछि सामाजिक सञ्जाल ‘फेसबुक’ चल्दैन?
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइअनुसार उक्त अवधिमा दर्ता नभए चल्ने छैन।
  • फेसबुक लगायत सामाजिक सञ्जालको सञ्चालक कम्पनी ‘मेटा’ अबको सात दिनभित्र दर्ता नभए नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

 

१२ वैशाख, काठमाडौँ।

नेपालमा अबको एक सातापछि सामाजिक सञ्जाल ‘फेसबुक’ चल्दैन? सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइअनुसार उक्त अवधिमा दर्ता नभए चल्ने छैन। फेसबुक लगायत सामाजिक सञ्जालको सञ्चालक कम्पनी ‘मेटा’ अबको सात दिनभित्र दर्ता नभए नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। मेटालाई नेपालमा दर्ता हुन पटकपटक सूचना दिइए पनि कम्पनीले अटेर गरेको उनको भनाइ छ। तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उनले बताए। त्यसैले अबको सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाइने उनको चेतावनी छ।

मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको भन्दै मन्त्री गुरुङले भने, ‘हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको कार्यालयतिर गइरहेको छ। यहाँ दर्ता हुनुपर्दैन? कर तिर्नुपर्दैन?’ नेपालमा हालसम्म टिकटक, भाइबर र वि–टक मात्र दर्ता भएको मन्त्री गुरुङले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?