देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
७८ पटक हेरिएको
Shares
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज

सारांश

  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ।
  • बाढीका कारण पुरानो पक्की पुल बग्दा देवीघाट हुँदै हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो।
  • यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडान कार्य पूरा गरेको हो।

२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिनमै एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ।

बाढीका कारण पुरानो पक्की पुल बग्दा देवीघाट हुँदै हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडान कार्य पूरा गरेको हो।

सेनाका अनुसार बुधबार पुल निर्माण सम्पन्न भएको छ। नयाँ पुलमार्फत बिहीबारदेखि पैदल यात्रुलाई आवतजावत गर्न दिइनेछ भने शुक्रबारदेखि सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

पुल बगिएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। छोटो समयमै वैकल्पिक पुल निर्माण भएपछि स्थानीय बासिन्दा, व्यापारी र यात्रुलाई राहत पुगेको छ।

भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पूर्वाधार पुनर्स्थापनामा नेपाली सेना निरन्तर खटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?