Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला

सारांश

  • घरेलु मैदानमा जारी एकदिवसीय शृंखलामा नेपाली यू–१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको छ ।
  • आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.
  • ३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

 

२४ चैत, काठमाडौं ।

घरेलु मैदानमा जारी एकदिवसीय शृंखलामा नेपाली यू–१९ टिमले अफगानिस्तानविरुद्ध एक रनको हार बेहोरेको छ ।आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका ओपनर साहिल पटेलले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ११९ बलमा ६ चौका प्रहार गरे । अभिषेक तिवारीले २४, ध्रुव सोनारले २१ रन थपे । निरजकुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन थपे । अफगानिस्तानका वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र  हाफिज जाद्रनले समान दुई विकेट लिए । रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।नेपालका सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपीनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । जितसँगै अफगानिस्तानले तीन खेलको शृंखला एक खेलअगावै आफ्नो पक्षमा परेको छ । अफगानिस्तानले शृंखलामा २–० को अग्रता बनाएको छ ।पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु
रौतहटमा करेन्ट लागेर १ जनाको मृ*त्यु
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै