विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै

सारांश

  • पार्टीको आगामी महाधिवेशनका विषयमा सहमति जुटाउन प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पनि पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दै छन्।
  •   छलफल सभापति देउवाकै निवास (महाराजगन्ज) मा दिउँसो २ बजे सुरु हुने कांग्रेस नेताहरूले  जानकारी दिएका छन्।
  • यसअघि देउवाले शुक्रबार आफ्नो निवासमा पार्टीका पदाधिकारीसँग छलफल गर्दै विशेष महाधिवेशनतिर नलागी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका थिए।

१३ मंसिर, काठमाडौं ।

पार्टीको आगामी महाधिवेशनका विषयमा सहमति जुटाउन प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पनि पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दै छन्।  छलफल सभापति देउवाकै निवास (महाराजगन्ज) मा दिउँसो २ बजे सुरु हुने कांग्रेस नेताहरूले  जानकारी दिएका छन्। यसअघि देउवाले शुक्रबार आफ्नो निवासमा पार्टीका पदाधिकारीसँग छलफल गर्दै विशेष महाधिवेशनतिर नलागी नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिएका थिए।

आजको छलफल पनि त्यही विषयमा केन्द्रित हुनेछ। सभापतिको कार्यकारी भूमिका त्यागे पनि पार्टीभित्र विशेष महाधिवेशन कि नियमित भन्नेमा विवाद भएपछि देउवाले लगातार ३ दिनदेखि नेताहरूसँग छलफल गरिरहेका छन्। शुक्रबार पदाधिकारीहरूसँगको छलफलमा देउवा आफू पार्टीको नेतृत्व छाड्न तयार भइसक्दा पनि नेताहरू नियमित र विशेषको नाममा विभाजित भएको भन्दै झोक्किएका थिए।

‘मैले नेतृत्व छाड्ने भनिसकेँ, तपाईंहरू विवाद गरेर यत्रो समय कटाउनुहुन्छ’, देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले शुक्रबार नेपालखबरसँग भनेका छन्, ‘नियमित महाधिवेशनको मिति तोकेरै अघि जानुपर्छ। समय अपुग हुन सक्छ तर, यस्तो अवस्थामा सम्पूर्ण शक्ति लगाएर गरौँ। पुस मसान्तसम्म सक्नुपर्छ अब। किन सकिन्न? म नेतृत्व छाड्न तयार भएको मान्छेले हुन्छ भन्दा तपाईंहरू किन बखेडा झिक्नुहुन्छ?’ विषय मिल्नेतर्फ अघि बढेको ती पदाधिकारीले दाबी गरेका छन्। ‘शनिबार (आज) सम्म सहमति हुन्छ भन्ने विश्वास छ। सहमतिनजिक छौँ’, उनले भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
महाकाली कोरिडोरलाई नीति तथा कार्यक्रममा समावेश गर्न सांसद बडूको माग
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगे आफन्त
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा