१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
६६ पटक हेरिएको
Shares
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा

सारांश

  • जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
  • विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक​ ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
  • ​ बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

६ असोज, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले १ करोड ४२ लाख १ हजार ७ यस ९१ रुपैयाँ बराबरको सामग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित सिर्सिया चोकबाट ना ५ ख १६७ नम्बरको उक्त मालवाहक​ ट्रकलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो ।​ बिलमा उल्लेख गरिएको भन्दा बढीका हार्डवेयरलगायतका सामग्री ट्रकमा रहेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।​Worldlink ads

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भएको सामानको मूल्य अन्दाजी १ करोड ४२ लाख १ हजार ७९२ रुपैयाँ रहेको छ । थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ