भोटेकोसी बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो: बाढी महाशाखा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
१४४ पटक हेरिएको
Shares
भोटेकोसी बाढीले त्रिशूलीको जलसतह ३ मिटर बढ्यो: बाढी महाशाखा

सारांश

  •   बाढी पूर्वानुमान महाशाखाले आधा घण्टाअघि जारी गरेको सूचनाअनुसार त्रिशूली नदी गल्छी धादिङ बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको हो।
  •   सूचनामा भनिएको छ, ‘रसुवा भोटेकोसी क्षेत्रबाट आएको बाढीले त्रिशूली नदी गल्छी धादिङ बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको र गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको हुँदा नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध छ।
  • ’   यसअघि आजै बिहान बाढी महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोसी नदीमा बाढीको बहाब बढेको आवाज सुनिएको सूचना प्राप्त भएको जानकारी गराउँदै भनेका थिए, ‘रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ।

 

आज (आइतबार) बिहान रसुवाको भोटेकोसीमा आएको बाढीका कारण धादिङस्थित त्रिशूली नदीको जलसतह बढेको छ।  बाढी पूर्वानुमान महाशाखाले आधा घण्टाअघि जारी गरेको सूचनाअनुसार त्रिशूली नदी गल्छी धादिङ बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको हो।  सूचनामा भनिएको छ, ‘रसुवा भोटेकोसी क्षेत्रबाट आएको बाढीले त्रिशूली नदी गल्छी धादिङ बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको र गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको हुँदा नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध छ।’

 

यसअघि आजै बिहान बाढी महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, रसुवाबाट भोटेकोसी नदीमा बाढीको बहाब बढेको आवाज सुनिएको सूचना प्राप्त भएको जानकारी गराउँदै भनेका थिए, ‘रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौँ। थप जानकारी प्राप्त हुनासाथ अपडेट गर्दै जाने छौँ।’ यही भदौ १० गते त्यही भोटेकोसीमा तिब्बतबाट आएको भीषण बाढीले सयौँ जनाको मृत्यु भएको छ भने कैयौँ बेपत्ता छन्। रसुवा, नुवाकोट र धादिङसम्म खर्बौँ बराबरको भौतिक संरचना ध्वस्त भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?