सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पहिराले बेनी–दरबाङ सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
६३ पटक हेरिएको
Shares
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध

सारांश

  • अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।
  • म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
  • पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ ।

 

४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।  ‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,’ अध्यक्ष रोकाले भने, ‘म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’

उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी –४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
७५ लाख अवैध रकमसहित तीन जना पक्राउ
७५ लाख अवैध रकमसहित तीन जना पक्राउ
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
विमानस्थल भन्सारमा सशस्त्र राखेपछि रिसायो नेपाल प्रहरी
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु