पहिराले बेनी–दरबाङ सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
५० पटक हेरिएको
Shares
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध

सारांश

  • अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।
  • म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
  • पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ ।

४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।  ‘बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,’ अध्यक्ष रोकाले भने, ‘म्याग्दी नदी किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’

उनका अनुसार सडकबाट करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । डेढ दशकदेखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँपटक मर्मत गरिए पनि सो सडकखण्डको फापरखेतको पहिरो झन्झन् समस्या बन्दै गएको छ । बेनी –४ र मङ्गला–२ को सिमानाको पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आवतजावत गर्न समस्या हुने गरेको यात्री बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
ताप्लेजुङमा बाढीको वितण्डा मोटरेबल पुल र घर बगायो
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह