Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
४६ पटक हेरिएको
Shares
काभ्रेमा ६ महिनामा २५२ अभियुक्त पक्राउ

सारांश

  • कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा अभियुक्त पक्राउ भएको जनाइएको हो ।
  • प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ आपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् ।
  • यस्तै प्रतिवेदनमा शान्तिसुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापन अन्तर्गत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।

 

१ फागुन, काभ्रे– काभ्रेमा ६ महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न २५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटद्वारा अभियुक्त पक्राउ भएको जनाइएको हो ।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ आपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्तिसुरक्षा अपराध नियन्त्रण र विपद् व्यवस्थापन अन्तर्गत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ ।विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा अवस्था तथा चुनौतीलगायत आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाईते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ जनाले ज्यान गुमाए । यस्तो घटनामा ९७ जना घाईते भएका थिए । यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ट व्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई  जरिवाना गरिएको जनाइएको छ ।  यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ । यसबीचमा सहिद परिवारलाई ७६ लाख ८० हजार भुक्तानी गरिएको छ । २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
धनुषामा सात प्रदेशका उपसभामुखहरूको सम्मेलन सुरु
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता