इन्डोनेसियामा भूकम्प : मृ*तकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
२४७ पटक हेरिएको
Shares
इन्डोनेसियामा भूकम्प : मृ*तकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित

सारांश

  • पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
  • भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् ।
  • अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे ७.

 

३१ साउन, काठमाडौं ।

पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस द्वीपस्थित एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पपछि करिब ३४१ वटा परकम्पसमेत गएको अधिकारीहरूले बताएका छन् । पछिल्लो केही वर्षयताकै इन्डोनेसियाको सबैभन्दा घातक भूकम्पमध्ये यो एक भएको बताइएको छ ।

उपस्वास्थ्यमन्त्री बेन्जामिन पाउलस अक्टाभियानुसले आइतबार टेलिभिजनमार्फत दिएको जानकारीअनुसार ३६ जना गम्भीर घाइते भएका छन् भने ७७ जनालाई सामान्य चोट लागेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन निकाय बीएनपीबीका अनुसार भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक सिक्का रिजेन्सीमा ३ हजार ३०० भन्दा बढी मानिस घरबाट विस्थापित भएका छन् । बाटो अवरुद्ध भएपछि उनीहरु त्यहीँ फसेका छन् । कतिपय विस्थापितलाई खेलकुद रंगशालामा अस्थायी रूपमा राखिएको छ । बन्दरगाह सहर माउमेरेमा केही स्थानीय बासिन्दा भत्किएका घरबाहिर त्रिपाल टाँगेर बसेका छन् । केही घाइतेलाई स्थानीय अस्पतालबाहिर बनाइएको अस्थायी शिविरमा उपचार गरिएको छ । बीएनपीबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार भूकम्पबाट कम्तीमा १५७ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने करिब २०० घरमा क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक रहेको नाजेकेओ रिजेन्सीमा करिब २ हजार गाउँलेलाई अस्थायी आश्रयस्थलमा सारिएको छ ।

सानासाना द्वीपहरूमा फैलिएको भौगोलिक अवस्थाका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । आपत्कालीन उद्धारका लागि तीनवटा हेलिकोप्टर र एउटा उद्धार जहाज परिचालन गरिएको छ । पूर्वी नुसा तेंगाराका प्रहरी प्रमुख रुडी दार्मोकोका अनुसार प्रान्तका विभिन्न क्षेत्रमा भवन भत्किनुका साथै ठूलो भौतिक क्षति भएको छ । उद्धार टोली अझै नाजेकेओका सबै प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवासमेत प्रभावित भएपछि उद्धारमा कठिनाइ भएको स्थानीय खोज तथा उद्धार निकायका प्रमुख फाथुर रहमानले बताएका छन् । क्याबिनेट सचिव टेडी इन्द्र विजायाका अनुसार उद्धार तथा राहतका लागि देशभरबाट ३ हजार ५०० भन्दा बढी सैनिक तथा प्रहरी परिचालन गरिएको छ । भूकम्पलगत्तै जारी गरिएको सुनामी चेतावनी भने पछि हटाइएको छ । तर, परकम्प केही दिनसम्म जारी रहन सक्ने भन्दै उत्तरी द्वीपका केही क्षेत्रमा अधिकारीहरूले थप मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् ।

अल जजिराका अनुसार यसै तटीय क्षेत्रमा सन् १९९२ को डिसेम्बरमा पनि शक्तिशाली भूकम्प गएको थियो । त्यसबेला भूकम्पपछि आएको सुनामीसहितको विपद्मा फ्लोरेसमा २ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको इन्डोनेसियाको भूगर्भसम्बन्धी निकायले जनाएको छ । करिब २९ करोड जनसंख्या रहेको इन्डोनेसिया झन्डै १७ हजार द्वीपमा फैलिएको देश हो । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले इन्डोनेसिया विश्वका सबैभन्दा बढी भूकम्पीय गतिविधि हुने मुलुकमध्ये एक हो ।

नेपालबाट दु:ख व्यक्त

यसैबीच परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा दु:ख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दु:खलाई बुझेको बताउँदै उनले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका हुन् । उनले नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुन:स्थापनाको कामना समेत उनले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
बाढीले कैलालीको जनजीवन प्रभावित, जोखिम क्षेत्रका नागरिकलाई सारियो
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु