२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

सारांश

  • नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ ।
  • बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।
  • राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते (आज) मध्यान्ह १२ बजेसम्म तोकिएको छ ।

२२ पुष, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते (आज) मध्यान्ह १२ बजेसम्म तोकिएको छ । आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

उक्त ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) हरूले मात्र खरिद गर्न पाउनेछन् । ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ । बोलकबोलमार्फत प्राप्त ब्याजदरको आधारमा न्यूनतमदेखि उच्च क्रम अनुसार ऋणपत्र बाँडफाँट गरिनेछ । समान ब्याजदरमा माग बढी भएमा समानुपातिकका आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो ऋणपत्र लगानीकर्ताको लगानी पोर्टफोलियोमा समावेश हुनेछ भने यसलाई अनिवार्य नगद मौज्दात गणनामा समावेश गरिने छैन् । तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने प्रयोग गर्न सकिनेछ । ऋणपत्रसम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
जन्मदिनकै उपहार स्वरुप आज कारागार फर्किने रवि लामिछानेको घोषणा
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत
संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने