विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली

सारांश

  •   नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन् ।
  • उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गरेका हुन् ।
  • तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए ।

 

१२ पुस, काठमाडौं । 

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन् । उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गरेका हुन् ।

तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए । ‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो, तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ, मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो, जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ, कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन् ! यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यस्ता मिलनबाट कुनै चमत्कारी नेतृत्व जन्मिएर देशले तत्काल मुक्ति पाउने भन्ने भ्रान्ति फैलिनु खतरनाक भएको बताए । नेता ज्ञवालीले देश निर्माणका मूल प्रश्नहरू अनुत्तरित रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?