दुई दिन रात्रिबस नचलाउन निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दुई दिन रात्रिबस नचलाउन निर्देशन

सारांश

  • जसले गर्दा केही जिल्लामा उच्च जोखिम रहेको विभागले जनाएको छ।
  • विभागले उच्च जोखिमको अनुमान गरेका हिमाली र पहाडी जिल्लामा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले आग्रह गरेको हो।
  • कमान्ड पोस्टको बिहीबार बसेको बैठकले हिमाली र पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउने निर्णय भएको प्रवक्ता डिजन भट्टराईले जनाएका छन्।

 

१० असोज , जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ गतेसम्म देशभर वर्षा हुने र केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको आकलन गरेको छ।

जसले गर्दा केही जिल्लामा उच्च जोखिम रहेको विभागले जनाएको छ। विभागले उच्च जोखिमको अनुमान गरेका हिमाली र पहाडी जिल्लामा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले आग्रह गरेको हो। कमान्ड पोस्टको बिहीबार बसेको बैठकले हिमाली र पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउने निर्णय भएको

प्रवक्ता डिजन भट्टराईले जनाएका छन्। त्यस्तै, धान नकाट्न, काटिसकेको धान तत्काल थन्क्याउन र तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ। यस्तै, पहिरोको जोखिम भएका स्थान र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्नका लागि नदी किनारमा नजान पनि अनुरोध गरिएको छ।

यससँगै खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय र स्वयंसेवकलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ। यो अवधिभर अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?