खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
२८ पटक हेरिएको
Shares
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना

सारांश

  • काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ।
  • गएको शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो।
  • यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं.

२८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ। गएको शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो। यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखेकी थिइन् । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई पानीको बोतल देखाइयो। अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डङ्गोलले दूषित पानी विक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्काइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो। पानीजन्य सङ्क्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापरबाही हो। महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ।’ त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डङ्गोलले, त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डङ्गोलले, अनुरोधलाई अटेर गर्नेहरूलाई कानुनी कारबाही गर्नुको विकल्प नरहेको बताइन् । तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमुना सङ्कलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन। यस कारण आज दूषित पानी विक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो। रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो। खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार
१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच
१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच
क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
कर्मचारीको कारण पनि ठेक्का रुग्ण भएका छन्, छानबिन गर्छौँ : मन्त्री घिसिङ
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक : प्रधानमन्त्री
मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक : प्रधानमन्त्री
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का