Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नवजात शिशुको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
नवजात शिशुको शव फेला

सारांश

  • इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।
  • मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको प्रहरीप्रमुख पण्डितले बताउनुभयो ।
  •  ‘‘हेर्दा नवजात शिशु पूरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ ।

 

काठमाडौँ, २४ पुसः  बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको प्रहरीप्रमुख पण्डितले बताउनुभयो । ‘‘हेर्दा नवजात शिशु पूरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ । राम्रै अवस्थामा जन्मिएको शिशुलाई पाँच–सात दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।,’’ उहाले भन्नुभयो ।

फोहोरको डम्पिङ्ग साइटमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?