सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट

सारांश

  • सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।
  • सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।

२६ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो ।

सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।  शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह
मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड