सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट

सारांश

  • सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।
  • सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।

 

२६ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो ।

सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।  शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालाजु औद्योगिक क्षेत्रमा आगलागी
बालाजु औद्योगिक क्षेत्रमा आगलागी
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा