लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
३८ पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।
  • प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् ।
  • उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० मत परेको थियो ।

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० मत परेको थियो । उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३ र एक जना स्वतन्त्र सांसदले मत दिएका हुन् । त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत पर्‍यो ।

नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हालेका हुन् ।आचार्य एमाले र कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ