कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
४५२ पटक हेरिएको
Shares
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद

सारांश

  • नेपाल–चीन उत्तर कोरलानाकास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ।
  •   कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुईवटा ‘कन्टेनर’को खानतलासी गर्दा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।
  • कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना.

 

३ जेठ, काठमाडौं ।

नेपाल–चीन उत्तर कोरलानाकास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ।  कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुईवटा ‘कन्टेनर’को खानतलासी गर्दा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना.६ ख ४७४३ र ना. ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए।  शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको हो। मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई विद्युतीय चुरोट (भेप) लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको भन्सार कार्यालयका एक कर्मचारीले जानकारी दिए।

कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप फेला परेको छ। उक्त सङ्ख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको छ।   भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको ‍छ। कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भ नजिक दुई दिनसम्म शङ्कास्पद रूपमा रोकिएका थिए।

चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो। स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउन नक्कली कागजपत्र तयार पारिराखेको पाइएको छ। यसअघि चालु वर्षको पुस ९ गते पनि कोरलानाकाबाट रु दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो। यसैगरी, गत वर्ष कोरलानाकाबाट भित्रिएका रु ६ करोड ८१ लाख मूल्य बराबरको विद्युतीय चुरोट (भेप) भन्सार र सुरक्षा निकायको टोलीले बरामद गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा