जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
  • शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे ।
  • जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

१६ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताए । सभापति देउवाले जातिय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए । सभापति देउवाले भने, ‘हामी सबै मिलेर पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता महशुस गरेका छौँ । नेपाल विविधताले भरिएको देश हो । जहाँ सबै जातजाति भाषा सबैको उच्च सम्मान गरिनुपर्छ ।’ जातको आधारमा होइन, समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक छ ।

नेतृत्व पनि यस्तो हुनुपर्दछ । जसले सबैलाई साथमा लिएर अघि बढ्न सकोस् । जातिय संकीर्णताले समाज परिवर्तन गर्न सक्दैन । देशलाई अघि बढाउन सक्दैन । यो देश सबैको हो । सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्दछ’, उनले भने । सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
आज हनुमान जन्मजयन्ती मनाइँदै
आज हनुमान जन्मजयन्ती मनाइँदै
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै