कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १०, २०८१
|
|
५५ पटक हेरिएको
Shares
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ ।
  • नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो ।
  • समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए ।

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए ।

स्थापनाकालमा एउटै रहेको कम्युनिष्ट पार्टी हाल विभाजन र एकताको शृंखलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टीहरु सञ्चालित छन् ।

एमालेले हिरक महोत्सव मनाउँदै

नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले आज ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । बिहान १० बजेपछि सुरु हुने कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी हुने नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सोही कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्नेछ । आइतबार सम्पन्न एमालेको प्रतिनिधि परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने
अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
ओखलढुंगामा चट्याङले ६ वर्षभित्र १२ को मृत्यु, २४ घाइते
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड