गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

सारांश

  • मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
  • आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् ।
  • उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

२३ वैशाख, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् । प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । अधिकारी मन्त्रिपरिषदकै सदस्य स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । नेपाली कांग्रेसले नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ नेकपा एमालेसँग २२, नेकपा माओवादी केन्द्रसँग ७ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत गरी उनको पक्षमा ३० प्रदेशसभा सदस्य देखिएका छन् । २७ सदस्य रहेको नेपाली कांग्रेस विपक्षमा छ भने २ सिट रहेको राप्रपा तटस्थ छ । माओवादी केन्द्रबाटै निर्वाचित भए पनि कृष्ण धिताल सभामुखको भूमिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
कीर्तिपुर मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
सुन्धारा कारागारबाट भागेकी जन्मकैद सजाय तोकिएकी महिला पक्राउ
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु: देउवा
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द