केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
केपी ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने ,दिनेश त्रिपाठीको

सारांश

  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने बताएका छन् ।
  • आज (सोमबार)  आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट नेताहरु र कर्मचारीहरुले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे ।
  • भ्रष्ट नेता र कर्मचारीहरुको घरमा छापा मारेर उनीहरुको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ ।

 

१५ पुस,  काठमाडौं, १५ पुस । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरु र कर्मचारीहरुको घरमा छापा मारिनुपर्ने बताएका छन् । आज (सोमबार)  आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट नेताहरु र कर्मचारीहरुले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे । भ्रष्ट नेता र कर्मचारीहरुको घरमा छापा मारेर उनीहरुको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ ।

उनले भ्रष्टाचार गरेर कमाएका नेता र कर्मचारीहरुको सम्पत्ति जफत गरिएको खण्डमा नेपालले विदेशीबाट आर्थिक सहायता नै लिन नपर्ने बताए । ‘जतिपनि नेताहरु छन्, कर्मचारीहरु छन्, सबैको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरुको घरमा छापा मारिनुपर्छ । कसैले पैसा ट्याङ्कीमा लगाएको छ, कसैले माटोमुनि गाडेर राखेको छ । ती सबै पैसा जफत भयो भने नेपाललाई कुनै विदेशी सहायता चाहिँदैन,’– उनले भने । त्यस्तै, वरिष्ठ अधिवक्ता त्रिपाठीले सम्पत्तिसद्धीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु स्वागतयोग्य रहेको बताए । उनले अरु नेताहरुको पनि सम्पत्ति छानविन हुनुपर्ने बताए । ‘सम्पत्तिसुद्धीकरणको यो प्रकृया रवि लामिछानेमाथि भयो, अत्यन्त स्वागतयोग्य छ । तर, अरुमाथि पनि यो सम्पत्तिसुद्धीकरण हुनुपर्छ । तिनीहरुको सम्पत्ति खोजिनुपर्छ । छानविन हुनुपर्छ,’– उनले भने ।

 

अहिले पनि लामिछानतेलाई भगवान ठान्ने र सहकारी ठगीमा निर्दोष देख्नेहरुमा बौद्धिक क्षमताको अभाव रहेको उनको टिप्पणी छ । लामिछानेले सहकारीमा मात्रै नभएर कालिकोटको रास्कोट अस्पताल निर्माण गर्दासमेत आर्थिक अपचलन गरेको हुनसक्ने उनको आशंका छ । लामिछानेले सो अस्पताल निर्माणका लागि देश विदेशबाट आएको चन्दा श्रीमती निकिता पौडेल, ससुरा उद्धव पौडेल र पार्टी महामन्त्रीको खातामा ट्रान्सफर गरेको पाइएको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी छ । उनले भने, ‘त्यतिमात्रै होईन, दुर्गम क्षेत्रमा अस्पताल बनाउँछु भनेर साह्रा नेपालीहरुले, देशमा मात्रै होईन विदेशमा रहेकाहरुले पनि आफ्नो पसिनाको कमाइ अस्पताल बनाउन पैसा दिए । त्यो चन्दाको पैसा उहाँले आफ्नो श्रीमतीको खातामा ट्रान्सफर गर्नुभयो । आज उहाँले गोर्खा मिडियाको पैसा श्रीमती, आफ्नो ससुरा, पार्टीको महामन्त्रीको खातामा पनि ट्रान्सफर गर्नुभयो भन्ने कुरा आइरहेको छ ।’\

लामिछानेले गरिब, आवाजविहीन र निमुखाहरुको पैसामा रजगज गरेको त्रिपाठीको आरोप छ । लामिछानेको कारण राष्ट्र ठगीमा परेको उनको टिप्पणी छ । अब धनराज गुरुङ र ऋषिकेश पोखरेल पनि छानविनको दायरामा आउनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगी प्रकरणमा छानविनको दायरामा आउनुपर्ने उनको भनाइ छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले अहिले हतारमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको बताए । उनले अध्यादेशमा पीडितले पैसा फिर्ता पाउने कुनै सुनिश्चितता नरहेको बताए । ‘अहिले सरकारले हतार हतारमा अध्यादेश ल्याएको छ । यो पनि सरकारले सहकारी ठगहरुको मिलेमतोमा काम गरिरहेको छ । किनभने अध्यादेश किन ल्याइयो ? त्यसमा सहकारीका बचतकर्ताको रकम फिर्ता हुने कुनै सुनिश्चितता छैन । भन्नका लागि के भनियो भने पाँच लाखसम्मको बचत फिर्ता गरिने छ । तर, कुनै सु्निश्चितता छैन, सरकारसँग तथ्याङ्क पनि छैन,’– उनले भने ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया काण्ड पनि छानविनको दायरामा आउनुपर्ने उनको माग छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त पैसाको कहीँ न कहीँ खोजविन हुनुपर्ने बताए । उनले मान्छेलाई थुनेरमात्रै नहुने र आरोपित छानविनको दायरामा पनि आउनुपर्ने बताए । आज केपी ओलीजीको बारेमा जुन आयो, अर्बौं रुपैयाँको कुरा । त्यो चाहीँ टेलिकम कम्बोडियाको हो कि कहाँको हो त ? तर, कहीँ न कहीँ पैसा चाहीँ अपचलन भएको छ । कहीँ न कहीँ त्यो पैसाको खोजविन हुनुपर्छ । यत्रो आरोप लागिसकेपछि त्यसको छानविन हुनुपर्ने होईन ? खाली मान्छेलाई थुनेर पनि हुँदैन । त्यो कुरामा पनि छानविन हुनुपर्यो । के हो ? पैसा कहाँ गएको छ ? कसरी भ्रष्टाचार भएको छ,’– उनले भने ।

अहिले डिलरसीप फेल नै फेल भइसकेको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी छ । उनले देशमा लिडर नै नरहेको र दाबी गरे । ‘हाम्रो देशमा डिलरहरु मात्रै छन्, लिडर छैनन् । पैसाको सेटिङ मिलाउने, कामको सेटिङ मिलाउने डिलरहरु मात्रै भए, लिडर भएनन् । तथाकथित लिडर भनिएको व्यक्तिहरु छन्, यिनीहरु डिलर हुन् । यिनीहरुसँग राष्ट्र निर्माणको कुनै एजेण्डा छैन । सामाजिक रुपान्तरणको कुनै भिजन छैन । कुनै एजेण्डा छैन । सुशासनको कुनै एजेण्डा छैन । अहिले स्टेट नै हाइज्याक भएको छ,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छः सञ्चारमन्त्री खरेल
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
बिरगंजको अवस्था तनावग्रस्त भए पछी, कर्फ्यु जारी
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)