५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री

सारांश

  • नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।
  • एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् ।
  • जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

१७ कात्तिक, काठमाडौं ।

नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ ।एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् ।

जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अविनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् । गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?