संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

सारांश

  •   संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ ।
  • बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को प्रशंसा गरेको हो ।
  • पार्टीका अध्यक्ष दल मर्दन कामी र महासचिव डा.

१८ मंसिर,काठमाडौं । 

संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ ।बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को प्रशंसा गरेको हो ।

पार्टीका अध्यक्ष दल मर्दन कामी र महासचिव डा. तेजबहादुर रोक्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ पछि अवसान भएको ‘अलोकतान्त्रिक र भ्रष्ट शासन’ को अन्त्य सम्भव बनाउन भूमिका खेलेका सहिदप्रति श्रद्धाञ्जली तथा घाइते नागरिक, सुरक्षाकर्मी र आन्दोलनकारीहरूको स्वास्थ्यलाभको कामना गरेको उल्लेख छ संयुक्त नागरिक पार्टीले दल दर्तासहित निर्वाचनमा सहभागी हुने सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जानकारी गराउँदै नवयुवा पुस्ता, महिला, आदिवासी, दलित (शिल्पी), सिमान्तकृत समुदाय तथा धार्मिक अल्पसंख्यकलाई प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारका रूपमा अघि आउन आह्वान गरेको छ ।

पार्टीले उदीयमान वैकल्पिक शक्ति तथा पुराना दलभित्रका अग्रगामी धारहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नेतातन्त्र र दलालीको जरा उप्काउने लक्ष्य राखेको स्पष्ट गरेको छ । विज्ञप्तिमा भदौ २३–२४ मा राज्य संयन्त्रबाट भएको भनिएको दमनबारे न्यायिक आयोगले निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र प्रमाणित दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राखिएको छ । भदौ २३ गतेको जनआक्रोशका क्रममा भएका घटनाहरूलाई ‘न्यायपूर्ण ढङ्गले सम्बोधन गर्न’ सरकारले कदम चाल्नुपर्ने पार्टीको धारणा छ ।

पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था तुरुन्त लागू गर्न, साथै स्वदेशमै स्थानान्तरण वा अस्थायी बसोबासमा रहेका मतदाताले सहज रूपमा मतदान गर्न सक्ने प्रणाली अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । परिवर्तनका लागि जेन–जी पुस्ताले दिएको उच्च त्याग र सहादतलाई सार्थक बनाउन आगामी चुनावमा आफ्नो ‘गितार’ चुनाव चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष पार्टीले अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
सीमावर्ती सुरक्षा चुनौतीबारे हिन्दू सम्राट नेपालद्वारा ज्ञापनपत्र
सीमावर्ती सुरक्षा चुनौतीबारे हिन्दू सम्राट नेपालद्वारा ज्ञापनपत्र
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला
दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य
दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग