Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
५० पटक हेरिएको
Shares
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय

सारांश

  •   सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् ।
  • शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् ।
  • उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे ।

 

२४ फागुन,सिराहा। 

सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार साँझ सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै करिब २८ हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरे ।

यसै गरी जनमत पार्टीका डा. वीरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मतसहित तेस्रो स्थान हासिल गरे भने नेकपा एमालेका धर्मनाथ साह ४ हजार २२७ मतसहित चौथो स्थानमा रहे। त्यसै गरी नेपाली कांग्रेसकी चन्द्रकलादेवी यादवले ४ हजार ६१, जसपाका राजकिशोर यादवले ३ हजार ४८४ तथा बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले २७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?