माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
माइतीघरमा मानव अधिकारवादीहरुको प्रदर्शन, १७ जना पक्राउ

सारांश

  • बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
  • एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् ।

५ पुस, काठमाडौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् । उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

प्रदर्शन सहभागीहरुले एनसेल घोटालामा प्रधानमन्त्री/पूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग गरेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका थिए । सरकारले गत महिनादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन निषेध गरेको छ । बुधबार मात्र सूचना जारी गरी थप दुई महिना माइतीघरमा प्रदर्शन निषेध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जन युग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ
कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ
सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै