मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,

सारांश

  • तनावका बीच मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
  • सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
  • ६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए ।

२७ कात्तिक, जनकपुरधाम,।

तनावका बीच मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उपसभामुखले तोक लगाइसकेको अभियोग दर्ता हुन सभामुखले रोकेका थिए । तर, कर्मचारीले अन्ततः दर्ता गरेका छन् । त्यही क्रममा त्यहाँ पुगेका प्रदेश सांसद र सभामुखसहित उनका कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ । प्रदेश सांसद महतोले आफूहरू महाअभियोगको प्रस्ताव दर्ता गराएर निस्किने बेला आफूहरूमाथि सभामुखसहित उनका कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् । गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दल मण्डललाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएका थिए ।

सभामुख मण्डल एमालेबाट सभामुख बनेका थिए । पछिल्लो घटनाक्रम सभामुख मण्डल र एमलेकै कोटाको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कारण निम्तिएको भन्दै सात दल रुष्ट छन् । सभामुखले एमालेको भएको कारण सत्तापक्षीय दलहरू छलफल गरिरहेकै बेला सभामुख मण्डलले सदनको कामकारबाही अगाडि बढाएको र बाध्य भएर तत्कालीन मुख्यमन्त्री सोनलले राजीनामा दिनु परेको सात दलीय गठबन्धनको जिकिर छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ (१) नियम १८० को उपनियम १ बमोजिम सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी दर्ता गराउने व्यवस्था छ । यसमा ६४ जना सांसदले हस्ताक्षर गरेका छन् । तर, सभामुखविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा
हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा