बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र

सारांश

  • सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ ।
  • विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो ।
  • आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेन ।

 

 

१० जेठ, कञ्चनपुर  ।

सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेन ।

कवर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढि बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको गुनासो गर्नुभयो । “हामीले कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्यो भने हामीसँग खेल मैदान छैन ।” उहाँले भन्नुभयो, “कर्वड हलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ ।” उहाँले सरकारको प्राथमिकतामा नपर्दा क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन हुन नसकेको बताउनुभयो । “बर्वडहलमा अन्तरराष्ट्रिय स्टेडियमका लागि डीपीआर तयार भएको पनि आठ वर्ष भइसक्यो स्टेडियमको काम प्रारम्भ हुन सकेको छैन ।” चन्दले भन्नुभयो, “नेपालको हरेक समूहका राष्ट्रिय क्रिकेट टिममा कञ्चनपुरका खेलाडी छन् तयर यहाँ खेल मैदान बन्न सकेको छैन ।”

उहाँका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट डेढ करोड बजेट आएपनि उक्त रकम माटो भरानमै सकिएको छ । क्रिकेट स्टेडियम निमार्णका लागि कर्वडहल क्षेत्रमा साढे चार कट्टा जग्गा छुट्याइएको छ । विभिन्न खेलमार्फत अन्तरराष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले क्रिकेटको उर्बर भूमि भएपनि यहाँ प्रतियोगिता सञ्चालनका लागि क्रिकेट स्टेडियम बन्न नसकेको बताउनुभयो । “राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेलमैदान बन्न सकेको छैन ।” उहाँले भन्नुभयो, “पर्याप्त बजेको अभाव र खेलाडीहरु सुविधा छैन भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन ।” उहाँले सरकारले प्राथमिताका साथ खेल पूर्वाधार निमार्णमा जोड दिनुपर्ने बताउनुभयो । क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका चर्चित खेलाडी उत्पादनको हब कञ्चनपुर जिल्ला हो । अहिले पनि कञ्चनपुरका मात्रै चार जना क्रिकेट खेलाडी नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छन् । विश्वकीर्तीमान बनाउने दीपेन्द्रसिंह ऐरी देखी नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा परेको छैन ।

महिला क्रिकेटको राष्ट्रिय टीमदेखी हरेक समूहका राष्ट्रिय टिममा कञ्चनपुरका खेलाडीको बर्चश्व छ । पछिल्लो पुस्तामा प्रतिभावान खेलाडी देखिएका पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधा नहुँदा खेलाडी पलायन भइरहेका छन । महेन्द्रनगरस्थित कर्बडहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरित प्रयोग गरेपछि खेलाडीले कबर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको यहाँका स्थानीय बताउँछन । “राष्ट्रिय टीममा कञ्चनपुरकै खेलाडीको प्रतिनिधित्व धेरै छ, यहाँका खेलाडीले गोल्ड मेडलसम्म ल्याएर देशको नाम चिनाएका छन् ।” यहाँका स्थानीय किशन थापाले भन्नुभयो, “क्रिकेटमा दूर्लभ विश्वकिर्तीमान राख्ने खेलाडी दीपेन्द्र यहिको उत्पादन हुन तर राज्यको ध्यान खेलाडीको वृद्धि विकासमा पुग्न सकेन ।” उहाँले राष्ट्रिय टीम र अन्य विभागिय टीमसमेतमा कञ्चनपुरकै खेलाडीको बचस्र्व रहेको बताउँदै जिल्लास्तरमा खेलका पूर्वाधार नहुनु बिडम्बना भएको बताउनुभयो । पछिल्लो समय मुलुकमा क्रिकेटको क्रेज रहेकाले सरकारले सातवटै प्रदेशमा क्रिकेट स्टेडियम निमार्ण गर्नुपर्नुपर्ने क्रिकेट खेलका शुभचिन्तक बताउँछन । “सरकारले सातै प्रदेशमा क्रिकेट स्टेडियम निमार्ण गरेर अब हुने नेपाल प्रिमियम लिगका खेल सबै ठाउँमा खेलाउनुपर्छ ।” यहाँका स्थानीय मनोज पाण्डेयले भन्नुभयो, “सुविधा सम्पन्न खेल मैदानको अभाव भएपनि ग्रासरुटमा विभिन्न प्रतियोगिता भइरहेका हुन्छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी