नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३० पटक हेरिएको
Shares
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

सारांश

  • नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।
  • सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
  • जिम्मेवार निकायहरुले सम्बन्धित क्रियाकलापहरु सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गर्नेतर्फ अग्रसर भएको छ ।

२६ चैत, काठमाडौं ।

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरुले सम्बन्धित क्रियाकलापहरु सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गर्नेतर्फ अग्रसर भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दैगर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताएका छन् । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्य योजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउन सक्ने उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्य योजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताए । बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्ति लगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन जनकपुरधाममा
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कमजोर, मधेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
सुनको भाउ नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च
सुनको भाउ नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,