देउतीबज्यै मन्दिरका पुजारी मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला

सारांश

  • बुधबार बिहान अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै मृत फेला परेकी हुन्।
  • वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
  • प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरीले बिहान साढे ५ बजेतिर उक्त घटनाबारे जानकारी पाएको थियो।

 

२८ कात्तिक, सुर्खेतको देउतीबज्यै मन्दिरका महिला पुजारी मृत फेला परेकी छन्। बुधबार बिहान अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै मृत फेला परेकी हुन्।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरीले बिहान साढे ५ बजेतिर उक्त घटनाबारे जानकारी पाएको थियो। उनी झुन्डिएको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए।

अहिले घटनास्थल घेरबार गरेर राखेको र आफन्त आएपछि शव उठाउने तयारी गरेको डिएसपी विश्वकर्माले जानकारी दिए।सुर्खेतको प्रशिद्ध धानिर्मकस्थल देउतीबज्यै मन्दिर यहाँको राजी समुदायसँग जोडिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?