मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २९, २०८३
|
|
२१५ पटक हेरिएको
Shares
मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

सारांश

  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् ।
  • दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.

२९ वैशाख, मकवानपुर ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका थिए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको थियो । गम्भीर घाइते हुनेहरूमा भारत, बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन् ।

त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन् । ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । अर्का नेपाली सवार २२ वर्षीय असान साफी सामान्य अवस्थामा आफैं घर फर्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वैशाख २९ गते बिहान १ः३० बजेसम्म सबै ९ जना घाइतेहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक अवरुद्ध नभएको र गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
आइजिपी कार्कीले गरे इप्रका बरहथवाको नवनिर्मित भवन उद्घाटन
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी थप ७ दिन हिरासत रहने
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी
क्यानडाविरुद्धको दोस्रो एकदिवसीयमा नेपाल ४ विकेटले विजयी