अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?

सारांश

  •   रवि लामिछानेले आफ्नो लोकप्रियताको शिखरमा रहँदा निजी टेलिभिजनको चमकधमकलाई छाडेर राजनीतिमा पाइलो टेके।
  • उनले दशौँ वर्षसम्म सञ्चार र सामाजिक चेतनालाई जोडेर एउटा फरक छवि बनाएका थिए।
  • समाचारलाई मात्र होइन, समाजलाई परिवर्तन गर्ने शक्ति भनेर उनले माने।

१० असोज, काठमाडौं । 

रवि लामिछानेले आफ्नो लोकप्रियताको शिखरमा रहँदा निजी टेलिभिजनको चमकधमकलाई छाडेर राजनीतिमा पाइलो टेके। उनले दशौँ वर्षसम्म सञ्चार र सामाजिक चेतनालाई जोडेर एउटा फरक छवि बनाएका थिए। समाचारलाई मात्र होइन, समाजलाई परिवर्तन गर्ने शक्ति भनेर उनले माने। यही आत्मविश्वास र साहसले उनलाई २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना गर्न प्रेरित गर्‍यो।
बालेन शाहदेखि हर्क साम्पाङसम्म स्वतन्त्र उम्मेदवारहरूले पुराना दललाई चुनौती दिइरहेको समय थियो। यसैबीच रविले नयाँ दल दर्ता गरे। आश्चर्यजनक रूपमा केही महिनामै रास्वपा देशको चौथो ठूलो दलका रूपमा संसदमा प्रवेश गर्‍यो। करिब ११ लाख मत प्राप्त गरेर समानुपातिकमा वर्चस्व जमायो। नेपाली राजनीतिमा दशकौं पुराना दलहरूको घेराबन्दी चिर्ने काम रास्वपाले गर्‍यो।

तर, संसद विघटनसँगै पार्टीभित्रको वास्तविक अनुहार देखिन थाल्यो। जोस र उत्साहको तरंगसँगै आकर्षित भएर पार्टीमा आएका अनुहारहरू अवसरको खोजीमा मात्र रहेको प्रष्ट हुन थाल्यो। आजको संकट त्यही अवसरवादिताको परिणाम हो।
अवसरवादीहरूको पलायन सुमना श्रेष्ठ संसद विघटनसँगै पार्टी छाडेर हिँडिन्। स्वर्णिम वाग्ले लामो समयदेखि बेपत्ता छन्, पार्टी कार्यालयलाई समेत उनको ठेगाना थाहा छैन। मनीष झा खुलेआम कांग्रेस प्रवेशको मुखैमा पुगेका छन्। डा. तोसिमा कार्की र शोविता गौतम जेनजी आन्दोलनको नेतृत्व हातमा लिने महत्वाकांक्षामा छन्। विराजभक्त श्रेष्ठ र पुकार बम बालेन शाहबाट हरियो झन्डा मिल्छ कि भनेर साइत हेर्दै छन्  सबैभन्दा चतुर हिसाब–किताब भने विपिन आचार्यको देखिन्छ। रविलाई कमजोर पारेर आफ्ना स्वार्थ सिद्ध गर्ने उनले पत्नीको सहकारी घोटाला ढाकछोप गर्न कांग्रेससँग मिलेर काम गरेका छन्। अब उनको ध्यान रविलाई अझै उपयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको रवैया रविप्रति कांग्रेसकै जस्तो नकारात्मक भयो भने विपिनले पनि बाटो तताउने पक्का छ। डीपी अर्याल भने अर्कै चालमा छन्। उनी भित्रभित्रै पार्टी कब्जा गरिसकेको दाबी गर्दै, रवि नभए पनि यो पार्टी चल्छ भनेर गुटबन्दी बढाउँदै छन्। रविले जेलभित्रैबाट पठाएका प्रस्ताव र योजनाका खाका पार्टी बैठकबाट उल्टाएर आफ्ना स्वार्थका निर्णय गरिरहेका छन् । बदनाम हुने ठाउँमा मात्र रविलाई उनले अघि सारिरहेको देखिन्छ । डीपीको अन्तिम लक्ष्य रास्वपालाई जेनजीका एजेन्डाको भरिया बनाउनु हो ।

यी घटनाक्रमहरूलाई हेर्दा पार्टीमा प्रवेश गरेका धेरै अनुहारहरूको चरित्र खुलिसकेको छ। उनीहरू आदर्शको लागि होइन, स्वार्थको लागि आएका थिए। रविको अवसरm यस्तो अवस्थामा रवि लामिछाने निराश हुनुपर्ने कारण भने छैन। बरु अवसरवादीहरू चिन्न पाउनु उनको लागि वरदान बनेको छ। राजनीतिक दलहरू जन्मिने बेला धेरैजना ‘भात–मासु खान’ आउँछन्, तर समय आउँदा त्यही भीडबाट छानिँदै अडान भएका अनुहार मात्र बाँच्छन्। रास्वपा अहिले त्यही छनोटको प्रक्रियामा छ। अहिले देशै खरानी भएको बेला छ । धेरैको मथिंगल हल्लाएको छ । यसले सबैजसो पार्टीमा भुइँचालो ल्याइदिएको छ । तर अन्य दलभन्दा रास्वपा किन फरक छ भने रवि लामिछानेजस्ता गतिशील र ऊर्जावान युवा नेता यहाँ छन् । अन्य दलमा ७० कटेकाहरु र पटकपटक परीक्षण भइसकेका म्याद गुज्रिएकाहरुले नेतृत्वको सिट नछाड्ने अड्डी कसिरहेका छन् । तसर्थ यो पार्टी केही अवसरवादी अनुहार पलायन हुँदा समाप्त हुने होइन। बरु अब यो अवसर हो कि भ्रम, स्वार्थ र व्यक्तिगत महत्वाकांक्षा बोकेकाहरूलाई पाखा लगाएर पार्टीलाई शुद्ध, ऊर्जाशील र कञ्चन बनाउने मौका मिलेको छ। जेनजी आन्दोलनको हल्ला हालैको जेनजी आन्दोलनलाई पनि केहीले रास्वपाको अस्तित्व संकटसँग जोड्न खोजेका छन्। तर, यो आन्दोलन निहत्था विद्यार्थीलाई अघि सारेर गराइएको ठूलो राजनीतिक षड्यन्त्र थियो। अघिल्लो सरकारको अकर्मण्यता र असन्तोषकै परिणामस्वरूप यसले आकार पायो। खहरे भेलजस्तै यो आन्दोलन पनि हिलोमैलोसहित अन्ततः सुकेर जानेछ। रास्वपाको दीर्घकालीन यात्रालाई यसले कुनै ठूलो धक्का दिन सक्दैन।

रास्वपा अहिले संक्रमणकालीन चरणमा छ। अवसरवादीहरूको पलायन र भित्रभित्रको षड्यन्त्र देख्दा सतहमा संकट देखिए पनि वास्तविकता के हो भने पार्टीले अब बलियो रूप धारण गर्ने मौका पाएको छ। रवि लामिछानेलाई अब स्पष्ट भएको छ– को आदर्शका लागि हो र को स्वार्थका लागि। यही बोधले पार्टीलाई अझै मजबुत बनाउनेछ। नेपालमा पुराना दलहरू जनताका आँखामा थकित भइसकेका छन्। नयाँ सोच, नयाँ नेतृत्व र जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीको आवश्यकता अझै जीवित छ। रास्वपा त्यसकै प्रतीक हो। केही अनुहारहरूको पलायनले त्यो सपनालाई समाप्त गर्न सक्दैन। रवि लामिछाने अझै पनि यस दलका निर्विवाद नेता हुन्। धेरै हण्डर र ठक्कर खाइसकेका उनी अझै स्पात बनेका छन्। रास्वपा पुनः उठ्नेछ, अझ बलियो रूपमै। त्यो दिन टाढा छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गोविन्दराज तिमिल्सेना : बाजुरा
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ
सत्कार सहकारीका सचिवसहित तीन जना पक्राउ