चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२० पटक हेरिएको
Shares
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

सारांश

  • काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई बुझाएको छ ।
  •   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् ।
  • काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मूलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

३१ वैशाख, काठमाडौं ।

काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई बुझाएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद

घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मूलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २२ओटा सहित ४ सय ३१ ओटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। यस्तै चोरीका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । बुधबार बुझाएका २२ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशी पक्राउ
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली
एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे
राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित
राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त