नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेपाल चिकित्सक संघका मागबारे तीन मन्त्रीबीच विशेष बैठक

सारांश

  • उपभोक्ता अदालतको हालैको फैसलापछि चर्किएको चिकित्सक आन्दोलन समाधानका लागि सरकारका तीन मन्त्रालयबीच आज विशेष बैठक बसिरहेको छ ।
  • आन्दोलन चर्किंदै गएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित बैठक बसेको हो ।
  • बैठकमा नेपाल चिकित्सक संघले उठाएका ९ बुँदे माग, उपभोक्ता ऐनको व्यवस्थासम्बन्धी चिकित्सकहरूको आपत्ति र स्वास्थ्य सेवाको निरन्तरतासँग जोडिएका विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

२४ असार, काठमाडौं ।

उपभोक्ता अदालतको हालैको फैसलापछि चर्किएको चिकित्सक आन्दोलन समाधानका लागि सरकारका तीन मन्त्रालयबीच आज विशेष बैठक बसिरहेको छ । आन्दोलन चर्किंदै गएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सम्मिलित बैठक बसेको हो । बैठकमा नेपाल चिकित्सक संघले उठाएका ९ बुँदे माग, उपभोक्ता ऐनको व्यवस्थासम्बन्धी चिकित्सकहरूको आपत्ति र स्वास्थ्य सेवाको निरन्तरतासँग जोडिएका विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

चिकित्सक संघले उपभोक्ता ऐनअन्तर्गत स्वास्थ्यकर्मीलाई उपभोक्ताविरुद्ध अपराधीकरण गर्नेू धारणालाई आपत्तिजनक भन्दै आन्दोलन चर्काइरहेका छन्। । उनीहरूले देशभर आकस्मिक र सघन उपचारबाहेकका नियमित सेवा बन्द गरेका छन्। । संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कील सोमबार नै उपभोक्ता हित संरक्षण मञ्चलाई चिकित्सकप्रति धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका थिए । उनले “न्यायालयप्रति सम्मान जनाउने चिकित्सक वर्गलाई तीन वर्ष जेल कोच्ने चेतावनीको भाषा अमर्यादित” भएको बताएका थिए ।

नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी पनि तीव्र भएको संघका अध्यक्ष कार्की बताए । उनका अनुसार, इमेलमार्फत चिकित्सकहरूले आफ्नो प्रमाणपत्र संकलन गरिरहेका छन् र मंगलबार बेलुकासम्म ती प्रमाणपत्र काउन्सिलमा बुझाउने योजना रहेको छ । यस कदमले आन्दोलनले थप गम्भीर मोड लिन सक्ने देखिएको छ । सरकारले बेलैमा सम्बोधन नगरेमा स्वास्थ्य सेवा ठप्प हुनसक्ने खतरा बढेको सरोकारवालाहरूको चिन्ता छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिकित्सक संघका माग गम्भीर भएकाले सम्बोधन गर्न उच्च तहबाट छलफल आवश्यक भएको जनाए । मन्त्री पौडेल नेतृत्वको मन्त्रालयले समन्वयकारी समाधानको प्रयास भइरहेको बताएको छ । बैठकमा अन्तिम निष्कर्ष आउने आशा गरिएको भए पनि औपचारिक सहमति हालसम्म भएको छैन । चिकित्सक संघले सरकारले लिखित रुपमा ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने अडान लिएको बताइएको छ । सरकार र चिकित्सकबीचको यो तनावले लामो समयसम्म स्वास्थ्य सेवा प्रभावित हुने संकेत देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ : हर्क साम्पाङ
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल