प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १४, २०८३
|
|
१५० पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्।
  • यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन्।
  • संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए।

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्। यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’

भ्रमणको मितिबारे सोधिएको प्रश्नमा उनले थपे, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
पुलमा भ्वाङ परेपछि अवरुद्ध यातायात डाइभर्सन बनाएर खोलियो
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत