शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया

सारांश

  • कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।
  • मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौतका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताउनु भयो ।
१३ साउन, काठमाडौैं ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौतका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताउनु भयो ।

जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनु भयो । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको बताउनु भयो ।  मन्त्री चौरसियाले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन बाँकी काम शिघ्र सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसम्मतिले पारित भइसकेको छ । शान्ति सम्झौताका क्रममा भएका सहमति, समझदारी सम्झौता एकीकृत अभिलेख तयार गरिने गर्ने काम भइरहेको छ ।

जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको छ । राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
वासिङटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
खोलाले बगाउँदा एक जनाको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री