ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर

सारांश

  •   ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ ।
  • महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए ।

२२ भदौ, काठमाडौं । 

ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ । महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए ।

‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो ।’ उनका अनुसार यसअघि नै सोही क्षेत्रमा पर्ने वडा नं. ५ को वडा समितिको भवन र अन्य पसलहरू पनि हटाइएको थियो । ‘हामीले त्यस क्षेत्रका सबै संरचनाहरू विधि पूर्वक हटाएका हौं । यी दुई भवन पनि कानुनी प्रक्रिया पूरा गरेर हटाइएको हो,’ उनले भने ।

महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा  १६ अर्ब २३ करोड
तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
माझफाँट–लेकफाँट सडक कालोपत्र
माझफाँट–लेकफाँट सडक कालोपत्र
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता