इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
८३ पटक हेरिएको
Shares
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

सारांश

  • इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
  • सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो ।
  • अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ ।

१८ चैत,सुर्खेत ।

इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ ।

अदालतका सूचना अधिकारी उज्ज्वल रावलकारअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।प्रहरीले अनुसन्धानकाक्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जवरजस्तीकरणीसहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।

उक्त अभियोग अनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिने गरी पाँच लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन कारावासको माग दाबी गरिएको छ ।दुवै पक्ष प्रदर्शनमाइनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरिए पछि इनिशा प्रकरणमा दुवै पक्ष प्रदर्शनमा उत्रिएका छन् । आइतबार अदालतमा अभियोग दर्ता गरिएसँगै सोमबारदेखि आरोपित पक्षका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका हुन् ।२५दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् ।आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसँगै पक्राउ परेका किशोरहरूका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले मंगलबार सरकारी वकिल कार्यालय अगाडि धर्ना दिएका छन् । अदालतमा इनिशाका आफन्त र अधिकारकर्मीहरूले धर्ना दिएका थिए । इनिशाको सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई कानुनी कारबाही गर्न उनीहरूको दबाब बढाई रहेका छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदन विपरीत सरकारी वकिल कार्यालयले आरोपित चार जनालाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा निर्दोषलाई फसाउन खोजिएको आरोपितका आफन्तहरूको आरोप छ । न्यायालयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरूले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे ।बजारमा प्रदर्शन पछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरूले सरकारी वकिलविरुद्ध राजाबाजीसमेत गरेका छन् । निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरूले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथीलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरूको आरोप छ ।फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । इनिशाका आफन्तहरूले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् ।सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
पाकिस्तानमा हमलापछि भारतका ११ विमानस्थलमा उडान सञ्चालन बन्द
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान