तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २९, २०८०
|
|
५४ पटक हेरिएको
Shares
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते

सारांश

  • तराई क्षेत्रमा ‘खुँखार डाँका’ भनेर चिनिएका शक्ति कपुर पासवान र अजय पासवानलाई प्रहरीले गोली प्रहार गरेको छ ।
  • महोत्तरीको सोनमा गाउँपालिका–५ मा प्रहरीको कारबाहीबाट दुवैजना घाइते भएका छन् ।
  • रौतहटबाट पक्राउ गरेर ल्याउने क्रममा रातको समयको फाइदा उठाएर भाग्न खोजेपछि उनीहरुविरुद्ध गोली चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले बताए ।

२९ कार्तिक, काठमाडौँ । तराई क्षेत्रमा ‘खुँखार डाँका’ भनेर चिनिएका शक्ति कपुर पासवान र अजय पासवानलाई प्रहरीले गोली प्रहार गरेको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–५ मा प्रहरीको कारबाहीबाट दुवैजना घाइते भएका छन् । रौतहटबाट पक्राउ गरेर ल्याउने क्रममा रातको समयको फाइदा उठाएर भाग्न खोजेपछि उनीहरुविरुद्ध गोली चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले बताए । उनले भने,‘सर्लाहीबाट ल्याएको गाडी फिर्ता गरेर हाम्रो गाडीमा चढाउन खोज्दा उनीहरु भागेपछि गोली चलाएका हौँ ।’

प्रहरीले चलाएको ३ वटा गोली उनीहरुलाई लागेको छ । डाँकाहरुलाई नियन्त्रणमा लिँदा दुई जना प्रहरी घाइते भएको डिएसपी गिरीले जानकारी दिए । सर्लाही लालबन्दी नगरपालिका–२ घर भएका ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान तराई क्षेत्रमा ‘खुंखार डाँका’ भनेर चिनिन्छन् । दुवैको बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार हुँदै छ । शक्ति कपुर र अजय पासवान कार्त्तिक २० मा महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित सानो रतवारामा भएको डकैतिमा संलग्न थिए । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा कार्तिक २६ मा भएको लुटमा पनि उनीहरु संलग्न रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा पसेर उनीहरुले लक्ष्मीपूजा गर्दा राखेको नगद र सुन लुटपाट गरेको पीडित परिवारको आरोप छ ।  चन्द्रपुरमा भएको लुटपाटपछि महोत्तरी प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनीहरूलाई गरुडाबाट पक्राउ गरेको हो ।

आरोपीहरु महोत्तरीमा दुई ठाउँमा भएका लुट, धनुषा र रौतहटमा भएको लुटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए । उनले भने,‘तराईका ११ वटा खुनडाँका मुद्दामा उनीहरू फरार थिए ।’ भारतस्थित मधुवनी जिल्लामा पनि उनीहरु लुटमा संलग्न रहेको थाहा भएको छ । दुवैजना भारतीय प्रहरीको पनि ‘फरार सुची’मा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
सरकारी निकायलाई नयाँ गाडी किन्न अर्थको सहमति अनिवार्य
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’
१४ किलो चाँदीसहित २ जना पक्राउ
१४ किलो चाँदीसहित २ जना पक्राउ