काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
१९८ पटक हेरिएको
Shares
काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक

सारांश

  • काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।
  • ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ ।

९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।

ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ । करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।’

उनले खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सडकहरूलाई पनि हटाउन भनिएको जानकारी दिए । च्यासल पुल लगायतका जोखिमयुक्त स्थानमा प्रहरीहरू पनि खटाइएको उनले बताए ।

नेपाल मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । यो प्रणाली पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएको छ । त्यसैले भोलिबाट पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम
जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : वामदेव गौतम
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश