पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

सारांश

  • जियो न्युजले पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ।
  • उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए।
  • तीन महिलासहित ६ जनालाई बेनजीर भुट्टो अस्पतालमा लगिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन्।

 

१५ पुस,  इस्लामाबाद – पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्रनजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। जियो न्युजले पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ।

उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए। तीन महिलासहित ६ जनालाई बेनजीर भुट्टो अस्पतालमा लगिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन्। जियो न्युजका अनुसार मोटरवे प्रहरीले दुर्घटना चालकको लापरवाहीका कारण भएको बताएको छ। मोटरवे प्रहरी महानिरीक्षक रिफत मुख्तारले बस दुर्घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ