निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।
  • आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।
  • आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

१९ वैशाख, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर कतिपयले अझै कार्यान्वयनमा ल्याएका छैनन् । निर्णय भएको दुई महिना बितिसक्दा पनि कार्यावन्यन नभएको भन्दै आवासीय चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

त्यसपछि केही दिनअघि मन्त्रिपरिषद बैठकले मेडिकल कलेजमा एमबीबीएसको कोटा बढाउने र आवासीय चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही निजी मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भनेर धम्की दिइरहेको र कलेजमा जान पनि रोकेको गुनासो गरेका छन् । सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेको थियो । सोही टोलीका सदस्यहरुसँगको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्