स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक

सारांश

  • नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ ।
  • स्ववियु निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको संघले जनाएको छ ।
  • ५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराए ।

१९ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु निर्वाचनमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरु गठन गरिएको संघले जनाएको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी गराए ।

प्रचार-प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ ।

पार्टीभित्रका समूह अनुसार भागबन्डा मिलाउन समितिको संख्या १४ पुर्‍याइएको छ । ८ समिति बनाउने पूर्वतयारी थियो । सभापति शेरबहादुरद देउवा, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षलाई १४ समितिमा भागबन्डा गरिएको छ । संस्थापनइनरका नेता कोइराला पक्षलाई चारवटा समितिको संयोजक दिइएको छ । महामन्त्री गगन थापा पक्षबाट तीन जना समिति संयोजक बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
नेप्से १३.३५ अंकले घट्यो
नेप्से १३.३५ अंकले घट्यो