विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
१६ पटक हेरिएको
Shares
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्

सारांश

  • दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।
  •   अहिले सभामुख देवराज घिमिरे विपक्षी दलहरुको जवाफ कुरिरहेको सचिवालयले जनाएको छ।
  • अहिले थप रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको बैठक राखिरहेका छन् ।

२५ जेठ, काठमाडौं ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।  अहिले सभामुख देवराज घिमिरे विपक्षी दलहरुको जवाफ कुरिरहेको सचिवालयले जनाएको छ। अहिले थप रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको बैठक राखिरहेका छन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएका छन्। तर अझै पनि कुनै जवाफ सभामुख समक्ष पुगेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले सदन अवरुद्ध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?