Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर

सारांश

  • डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब फेयर २०२६’ आयोजना गरेको छ ।
  • शनिबार आयोजना गरिएको फेयरमा आइटी क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्नातकहरूलाई रोजगारी र उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्य राखिएको छ ।
  • मेलामा पढ्दै गरेका विद्यार्थीदेखि रोजगारीको खोजीमा रहेका स्नातकसम्म सहभागी भएका छन् ।

 

३० फागुन,काठमाडौं ।

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब फेयर २०२६’ आयोजना गरेको छ । शनिबार आयोजना गरिएको फेयरमा आइटी क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्नातकहरूलाई रोजगारी र उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्य राखिएको छ । मेलामा पढ्दै गरेका विद्यार्थीदेखि रोजगारीको खोजीमा रहेका स्नातकसम्म सहभागी भएका छन् । डियरवाक ग्रुपका अध्यक्ष एवं क्याम्पस प्रमुख हितेश कार्कीका अनुसार विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष संवादको अवसर कम भएकाले यस्तो प्लेटफर्म निर्माण गरिएको हो ।

उनले भने, ‘यो कार्यक्रम हाम्रा विद्यार्थीहरूका लागि मात्र होइन, अन्यहरुका लागि पनि हो । धेरै आइटी कम्पनीहरूले दक्ष जनशक्ति खोजिरहेका छन्, तर विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष संवादको अवसर कम छ । हामीले यस्तो प्लेटफर्म निर्माण गरेका हौं जहाँ कम्पनी र विद्यार्थी दुवै एउटै स्थानमा आएर संवाद गर्न सकुन । यसले विद्यार्थीलाई कम्पनीहरूको माग बुझ्न र कम्पनीलाई योग्य प्रतिभा भेट्न सजिलो बनाउँछ ।’ यस्तै, डियरवाक भिपी अफ एकेडेमीकी सम्झना पोख्रेलले जब फेयरमा दुई हजार जना भन्दा बढीको सहभागिता रहने भन्दै मेलामार्फत विद्यार्थी र कम्पनी दुवैलाई आवश्यक प्लेटफर्म उपलब्ध गराउने बताइन् ।

उनले भनिन्, ‘हाम्रो लक्ष्य दुई हजार सहभागी गराउने हो । विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष सम्पर्कको माध्यम अभाव भएको महसुस गरेर मेला सुरु गरेका हौं । कम्पनीहरूले योग्य स्नातक भेट्न कठिनाइ भोगिरहेका छन् भने विद्यार्थीहरू उद्योगको आवश्यकताबारे थाहा पाइरहेका छैनन् । मेलामार्फत विद्यार्थी र कम्पनी दुवैलाई आवश्यक प्लेटफर्म उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’ एक्मि इन्जिनियरिङ कलेजबाट सहभागी रमेश प्रसाद बस्यौलाले आफ्नो अनुभव सुनाउँदै मेलाले विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि र योग्यता अनुसार रोजगारी अवसरबारे बुझ्न सक्ने बताए । रोजगार मेलाले विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष अन्तरक्रियाको प्लेटफर्म प्रदान गर्दै आएको छ । पहिलो संस्करण रोजगार मेला २०१७ मा २० भन्दा बढी सफ्टवेयर कम्पनी र १२०० भन्दा बढी सहभागी थिए । यस वर्ष दुई हजार भन्दा बढी विद्यार्थी र स्नातकको सहभागिता रहने र करिब ४० भन्दा बढी कम्पनी सहभागी छन् ।

मेलामा सहभागी कम्पनीहरूले इन्टर्नशिप, पूर्णकालिक र अंशकालिक जागिर प्रस्ताव गर्दै अन–द–स्पट अन्तर्वार्ता, प्लेसमेन्ट परीक्षण र कार्यशालाहरू सञ्चालन गरेका छन् । मेलाले विद्यार्थी र कम्पनी दुवैका लागि प्रत्यक्ष लाभ सुनिश्चित गरेको छ । डियरवाक कलेजले यस प्रकारको प्लेटफर्ममार्फत विद्यार्थी र उद्योगबीचको दूरी घटाउने, व्यवसायिक ज्ञान विस्तार गर्ने र रोजगारी अवसर बढाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...