Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
४० पटक हेरिएको
Shares
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

सारांश

  • दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
  • हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो ।
  • बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो ।

२५ भदौ, काठमाडौं ।

दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो ।

बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?